जनयुद्धको झल्काे दिने `गाेली लाग्याे नि´ सार्वजनिक – Kanika Khabar
Saturday, October 17Nepali News Portal

जनयुद्धको झल्काे दिने `गाेली लाग्याे नि´ सार्वजनिक

    मा प्रकाशित

कनिका खबर

फागुन १, दाङ ।
२६ आैँ जनयुद्ध दिवसकाे अवसर पारेर जनयुद्धको झल्को दिने `गाेली लाग्यो नि ´ बाेलकाे गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
महेश आरोहीको शब्द/संगीतमा तथा राम कुमार नेपाली र निता पुनको आवाज रहेकाे उक्त गीतकाे भिडियो आज मगरात युट्युव च्यानलले सार्वजनिक गरेकाे हाे ।
ममता खड्का, अमरजित पुन, प्रकश पुन, निशा घर्ती , डम्मर बुढा र नवीन डि सी लगायतको अभिनय रहेकाे उक्त गीतमा विशाल रोकाले छायांकन गरेका हुन् । कलाकार सुदन थापाको परिकल्पना तथा निर्देशनमा तयार भएकाेे भिडियोकाे सम्पादन सन्देस शाहले गरेेेेका छन् ।

जनयुद्धको कथा बोकेको उक्त गीतकाे दाङ रोल्पा र रुकुममा छायांकन गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्