कनिका खबर
फागुन १, बुटवल ।
नेकपाको केपी ओलीको समुहले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको बृहत्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड — नेपाल समुहलाई विशाल सभा कस्तो हुन्छ हेर्न आउनुहोस् भनेर कटाक्ष गरेका छन् । उनले प्रचण्ड— नेपाल समुहप्रति कटाक्ष गर्दै भने, ‘ तीन चार दिन पहिले मलाई कसैले सभाको उपस्थितमा रवाफ देखाएकाहरु आउनुहोस् सभा कस्तो हुन्छ, हाम्रो विशाल सभा हेर्न आउनुहोस् ।’
उपस्थित जनसमुदायप्रति कृतज्ञता प्रकट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो समुहका लागि यो निकै ठुलो साथ रहेको बताए ।
मा प्रकाशित


