फागुन १, काठमाडौँ ।
बैतडीका १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजार देखि माइतीघर सम्म विरोध जुलुसमा सहभागी थिए ।
जुलुसमा उनीहरुले कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेका थिए ।
यसका साथै उनीहरु अनुहारमा रंग समेत पोतेर प्रस्तुत भएका थिए । उनीहरुले महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ? कहिलेसम्म योनीमा मृत्यु बोकेर हिँड्ने ? लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।


