दाङकाे भगुवार गाउँकाे गुरैयाँ टाेल सिल – Kanika Khabar
Sunday, April 20Nepali News Portal

दाङकाे भगुवार गाउँकाे गुरैयाँ टाेल सिल

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १२, दाङ ।

घोराही उपमहानगरपालिका ९ को भगुवार गाउँको गुरैयाँ टोललाई सिल गरिएको छ । त्यस टाेलका एक पुरूषमा काेराेना सङ्क्रमण पुष्टि भएपछि टाेल सिल गरिएकाे हाे ।उनी काठमाडौँस्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका भगुवारका एक पुरूषकाे पिसिअार रिपोर्ट पाेजेटिभ अाएकाे हाे ।

गएको चैत्र १० गते दाङ आएका उनी जेठ १ गते काठमाडौ फर्किएका थिए । काममा जाने क्रममा अपार्टमेन्टले स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि दाङस्थित घर रहेको गाउँलाई सिल गरिएको हो ।

१७ घरधुरी रहेको गुरैयाँ टोलका नागरिकहरुलाई बाहिर निस्कन र बाहिरबाट गाउँ प्रवेशमा रोक लगाईएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए । वडा अध्यक्ष बस्नेत, सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक महेन्द्र सेन, स्वास्थ्यकर्मी र टोलबासीहरुले उक्त टोललाई सिल गरेका हुन् । उनकाे टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्