ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि – Kanika Khabar
Friday, March 29Nepali News Portal

ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, दाङ ।

ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिन मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसका कारण ८ सय ७ जनाको मृत्यु भएको छ । जुन अमेरिकाको भन्दा बढी हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ६ सय २० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ हजार ५ सय २२ पुगेको छ । संक्रमण दरको हिसाबले ब्राजिल विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका कारण ३ लाख ७६ हजार ६ सयभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्