थप ११ जना कोरोना संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ८३ पुग्यो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

थप ११ जना कोरोना संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ८३ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ सय ८३ पुगेको छ । हिजो राति सप्तरीका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुगेको हो । हिजो एकैदिन १ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धिदर हो । यसअघि एकैदिन सबैभन्दा धेरै ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १० जना पुरुष र एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश नम्बर २ को सामाजीक विकास मन्त्रालयले जनाएको छ । एक सातामै नेपालमा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ । गत मंगलबारसम्म कोरोना संक्रमित संख्या ३९० थियो । यस्तै कोरोनाका कारण संक्रमित भएकामध्ये एक सय ७६ जना स्वस्थ भएका छन् । हिजो राति नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या एक सय ७६ पुगेको हो । विशेष कोरोना अस्पताल घोषित गण्डक अस्पतालमा उपचाररत ३० संक्रमितमध्ये चार महिलासहित २१ जनालाई गयराती डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । डा. सिंहका अनुसार डिस्चार्ज हुने सबै सबै वीरगञ्ज महानगरपालिकाका रहेका छन् । उनीहरुको लगातार दोस्रो पटकको पीसीआर नतिजामा कोरोना संक्रमणको पुष्टि नभएपछि डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्