गोताखोरको टोली घटनास्थलमा, रुकुम पश्चिमको सोती नदीमा बेपत्ता भएकाको खोजी – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

गोताखोरको टोली घटनास्थलमा, रुकुम पश्चिमको सोती नदीमा बेपत्ता भएकाको खोजी

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।
रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ ।

सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ । गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश थापाका अनुसार गणबाट आएका ८ जना र अन्य स्थानीय सुरक्षाकर्मीको सहयोगमा खोजी सुरु गरिएको छ ।

शनिबार भएको घटनामा ३ जनाको शब नदी किनारमा भेटिएको छ भने तीनजना बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विकसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक बेपत्ता छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्