सबै सरकारी कर्मचारीको बीमा सरकारले निःशुल्क गरिनेदिने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सबै सरकारी कर्मचारीको बीमा सरकारले निःशुल्क गरिनेदिने

    मा प्रकाशित

कनिका डेस्क
जेठ १६, दाङ ।

सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्ने नीति सरकारले अख्तियार गरेको हो । चीनतर्फका बन्दरगाह खोल्न विशेष व्यवस्था गर्ने मन्त्री खतिवडाले बताउनुभयो । स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् ।

प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो । यस्तै सरकारले आगामी आर्थिक वर्षको सुरुवात बाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने पनि घोषणा गरेको छ । यस्तै सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ ।

त्यसरी ल्याइएकाहरूलाई सीप प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै नेपाली अलपत्र परेका छन् । यस्तै सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्