जेठ २१ देखि विद्यार्थी भर्ना अभियानको माग – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

जेठ २१ देखि विद्यार्थी भर्ना अभियानको माग

    मा प्रकाशित

कनिका डेस्क
जेठ १६, दाङ ।
निजी विद्यालय अर्गनाइजेसन तथा सरोकारवालाले जेठ २१ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाउन पाउनुपर्ने माग राखेका छन् । बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९को प्रभावले बालबालिकाको सिकाई र सुरक्षामा पर्ने प्रभावलाई सहजीकरण गर्दै, विद्यालय सञ्चालन, व्यवस्थापनलाई सहज बनाउन र सिंगो प्रणालीलाई पर्ने क्षतिलाई सकेसम्म न्यूनीकरण गरी व्यवस्थापन गर्दै लैजान यस क्षेत्रमा काम गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले निम्न अनुसारको आपनो संयुक्त धारणा निर्माण गरेका हुन् । ं । उनीहरूले विज्ञप्तिमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् ।

भर्ना अभियान, भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने, पोस्ट कोरोना स्कुल व्यवस्थापन लगायतका माग राखी विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा स्थगन गरिएका माध्यमिक तह उत्तीर्ण, कक्षा ११ र १२ को परीक्षा सञ्चालन सम्बन्धमा अन्तराष्ट्रिय रुपमा पनि प्रचलनमा आएको र नेपालमा विद्यालय तह कक्षा १२ सम्म कायम गरिएकोले यस पटक एसइइ परीक्षा सन्दर्भमा सम्बन्धीत विद्यालयको आन्तरिक मूल्याङ्कंनका आधारमा नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट प्रमाण–पत्र दिने व्यवस्था गर्ने अनुरोध गरिएको छं । अर्को पटक देखि उक्त परीक्षा प्रदेश सरकार मार्फत गर्नु वान्छनिय देखिन्छ । साथै कक्षा ११ को परीक्षा सम्बन्धीत विद्यालयलाई नै सञ्चालन गर्न दिई कक्षा १२को परीक्षा विद्यालय तहको अन्तिम भएको हुँदा बन्दा–बन्दी पछि सामाजिक दुरी कायम गरी राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्न अनुरोध पनि गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्