दशगजा क्षेत्र खाली गर्न सरकारलाई संसदीय समितिको निर्देशन – Kanika Khabar
Thursday, February 13Nepali News Portal

दशगजा क्षेत्र खाली गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १७, दाङ
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समितिको बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षंण गराएको छ । सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई निर्देशन दिएको समितिका सभापति शशी श्रेष्ठले बताए । सरकारले भने भारतसँग सीमा विवादबारे छलफलका लागि समय निर्धारण नभएपनि जमिन फिर्ता ल्याउन कुटनीतिक पहल भइरहेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालले आफ्नो अडान तथ्य र सन्धिका आधारमा राखेको भन्दै भारतसँग यसबारेमा निरन्तर सम्पर्कमा रहेको बताए । सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदलाई मन्त्री ज्ञवालीको आग्रह थियो ।सांसदले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने र सीमाबारे स्पष्ट व्यवस्था गर्ने अहिले उत्तम अवसर आएको भन्दै सरकारलाई तदारुकता देखाउन आग्रह गरेका थिए । राष्ट्रियताको बारेमा सर्वसम्मति जुटाउन पनि सरकार लाग्नुपर्ने सांसदको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्