डब्लुएचओसँगको सम्बन्ध तोडियो : ट्रम्प – Kanika Khabar
Thursday, April 25Nepali News Portal

डब्लुएचओसँगको सम्बन्ध तोडियो : ट्रम्प

    मा प्रकाशित

कनिका डेस्क
जेठ १७ दाङ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । डब्लुयूएचओ कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने घोषणा गरेका थिए । हिजो ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेको तर सुधार गर्न असफल भएको भन्दै विश्व स्वास्थ्य संगठनसँगको नाता तोडेको घोषणा गरे । ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व जनस्वास्थ्यमा लगाउने पनि बताए ।
डब्लुयूएचओले चीनको पक्षपोषण गरेको आरोप दोहोर्याउँदै ट्रम्पले ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको आरोप लगाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्