बजेटको आकार विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै घटाइएको : अर्थमन्त्री डा. युवराज खतिवडा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बजेटको आकार विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै घटाइएको : अर्थमन्त्री डा. युवराज खतिवडा

    मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाइएको बताउनुभएको छ । बजेटबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले अहिले जनताको जीवनरक्षा नै प्राथमिक विषय रहेकको भन्दै यो बजेटले आगामी वर्षका लागि शक्ति सञ्चयको काम गर्ने बताउनुभयो ।

डा. खतिवडाले देशभित्र अन्तराष्ट्रिय व्यापार, लगानी, पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै ठप्प रहेको र विश्वव्यापी रूपमा नै कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको बताउनुभयो ।

उहाँले नेपालबाट भारततर्फ हुने पेट्रोलियम पदार्थ र सुनको चोरी तस्करी रोक्न आयातमा कर बढाइएको पनि बताउनुभएको छ । साथै विद्युतीय सवारी र उपकरणलाई असीमित छुट दिन नसकिने, अर्थमन्त्री खतिवडाको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्