नेविसंघ घोराही नगर कमिटीको ध्यानाकर्षण – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेविसंघ घोराही नगर कमिटीको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका डेस्क
जेठ १७ दाङ ।
जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्न पाउने मागप्रति नेविसंघ घोराही नगर कमिटीले ध्यानाकर्षण भएको बताएको छ ।
शनिबार एक विज्ञप्ति जारी कमिटीले यस्तो जनाएको हो ।

जेठ १५ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले जारी गरेको विज्ञप्तिप्रति कमिटीले आफ्नो ध्यानाकर्षण भएको धारणा सार्वजनिक गरेको हो ।

कमिटीका अध्यक्ष निरज पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ —कोभिड १९ को महामारी र सङ्क्रमणको भयावह अवस्थाबाट बच्नका लागि बन्दाबन्दीको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनको विकल्प छैन, यस्तो अवस्थामा विद्यालयममा भर्ना अभियान चलाउनु भनेको सङ्क्रमण बढाउनु हो । तसर्थ सम्बन्धित निकायले यस्तो माग पूरा गर्नुपूर्व मनन गर्न जरुरी छ । साथै  ध्यानाकर्षणलाई बेवास्ता गरी भर्ना अभियान सञ्चालन गरिएमा नेविसंघ घोराही कमिटी कडा विरोधमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्