जलाशय काल बन्दै छन्, करिब दुई वर्षको अवधिमा दाङमा ३७ जनाले जलाशयमा ज्यान गुमाए – Kanika Khabar
Friday, April 26Nepali News Portal

जलाशय काल बन्दै छन्, करिब दुई वर्षको अवधिमा दाङमा ३७ जनाले जलाशयमा ज्यान गुमाए

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १७, दाङ ।

दाङमा सिचाइको अवधारणा लिएर निर्माण गरिएका कृत्रिम पोखरी काल बन्दै जाने क्रम बढेको छ । कृषिलाई सहज बनाउनका जिल्लाभरि दर्जनौ कृत्रिम पोखरी (ड्याम) बनाइएका छन् । कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जान थालेको हो । अहिलेसम्म दाङका कृत्रिम पोखरी डुबेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

अहिलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने घोराही १८ अम्बापुरमा रहेको जलाशयमा ३ जनाले, घोराही १७ गुलरियामा रहेको जलाशयमा २ जनाले, घोराही १८ गिठेपानीमा रहेको जलाशयमा १, घोराही १६ बाहुनडाँडामा रहेको जलाशयमा १ जनाले, घोराही १७ ढिकपुरमा रहेको जलाशयमा १ जनाले र घोराही ८ ढिकपुर लरैनामा रहेको जलाशयमा ३ जनाले ज्यान गुमाइसकेका छन् । घोराही उपमहानगरभित्र मात्र अहिले १६ वटा कृत्रिम जलाशय निर्माण भइसकेका छन् । थप ७ वटा जलाशय निर्माण भइरेहका छन् । आगामी योजनामा समेत आधा दर्जज जलाशय निर्माणमा पर्ने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । साथै प्रमुख चौधरीले भने, ‘‘अहिले सबै कृत्रिम जलाशयमा सूचना बोर्ड टाँगिएको छ, संरक्षणका लागि आवश्यक ठाउँमा तार जाली लगाइएको छ । हामी कसरी सुरक्षित राख्ने भन्नेमा लागिपरेका छौँ ।’’ साथै उनले थपे, ‘‘मानिस असुरक्षाका कारण भन्दा पनि अन्य कामले पोखरीमा पस्दा ज्यान गुमाएका हुन्, कोही पौडी खेल्नका लागि त कोही माछा मार्नका लागि पोखरीमा पस्दा त्यस्ता दुःखद् घटना भएका हुन् । पानीको बहाव र पानीको अवस्था नबुझ्दा यस्ता घटनाहरु घटेका हुन् । यसतर्फ सबै सचेत हुन जरुरी छ । हामी सबै सचेत भएको अवस्थामा यस्ता घटनालाई निर्मूल पार्न सकिन्छ ।’’

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने जलाशयका कारण ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ । २०७५देखि२०७७ सम्मको जिल्ला प्रहरी कार्यालय दाङको रेकर्डलाई आधार मान्दा जलाशयका कारण ज्यान गुमाउनेको सङ्ख्याया ३ दर्जन बढी छ । २०७५ देखि २०७७ जेठ १५ गतेसम्मको अवधिमा दाङमा विभिन्न प्रकृतिका जलाशयमा ज्यान गुमाउनेको सङ्ख्या ३७ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार कृत्रिम पोखरी, खोला, नदी, कुवा, पोखरी लगायतका जलाशयमा २०७५ देखि २०७७ जेठ १५ गतेसम्मको अवधिमा ज्यान गुमाउनेको सङ्ख्या ३७ जना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्