दैलेखका १ संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

दैलेखका १ संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १७, दाङ ।

दैलेखमा एक जनाको मृत्यु कोरोना भाइरसको कारणले भएको पुष्टि भएको छ ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको र निजको रिपोर्ट दिउस पोजेटिभ आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका उनको स्वाब तीन दिनअघि पठाइएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्