साथीहरुले नै मन्दिपको हत्या गरेको प्रहरीको निश्कर्ष – Kanika Khabar
Saturday, April 20Nepali News Portal

साथीहरुले नै मन्दिपको हत्या गरेको प्रहरीको निश्कर्ष

    मा प्रकाशित

शरद रेग्मी

तुलसीपुर,१७ जेठ

मन्दिप भुजको हत्या उनकै ४ जना साथीहरु मिलेर गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरपुरले निश्कर्षमा निकालेको छ । प्रहरी स्रोतका अनुसार भुजको हत्यामा तुलसीपुर उपमहानगरपालिका–१८ निबासी ओमबहादुर सार्की (नङकट्टी) तुलसीपुर–६कपडादेवी निबासी सौरभ पोख्रेल, तुलसीपुर–५ निबासी अजय बुढाथोकी(असे) र आशिष नेपाली (घ्वापे) रहेका छन् ।

‘हामी लगभग यीनै ४ जनाले हत्या गरेका हुन् भन्ने निश्कर्षमा पुगेका छौ,’ प्रहरी स्रोतले भन्यो–‘अझै केहि प्रमाणहरु भेटिन्छनकी भन्नेमा छौ । यसको विस्तृत कुरा आयो भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका छौ ।’ आरोपीतहरुले शुक्रबार राति करिब ११ बजेदेखि १२ बजेको बिचमा ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको स्रोतले बतायो । घटना स्थलबाट हत्या गर्न प्रयोग गरेको ढुङ्गा समेत प्रहरीले बरामद गरेको छ । हत्या गरेर लुकाएको ढुङ्गा प्रहरीलाई सिकाउन आरोपी सौरभ नै गएका थिए ।

मृतक भुज र आरोपीहरु पश्चिम तर्फको अटोभिलेजदेखि उत्तर तर्फ रहेको एक होटेलमा राति ८ बजेदेखि संगै बसेर मादकपदार्थ सेवन गरेको खुल्न आएको छ । अटोभिलेजमा विगत २ बर्षदेखि रेडीवाटर बनाउने काम गर्दै आएका भुजलाई तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकरी पाए लगत्तै एक घन्टामै ११ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले ४ जनाले हत्या गरेको निश्कर्षमा पुगेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्