भारतमा असार १६ सम्म लकडाउन, मोडालिटी खुकुलो, चरणवद्धरुपमा जुन १ देखि अनलकको यात्रा शुरु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

भारतमा असार १६ सम्म लकडाउन, मोडालिटी खुकुलो, चरणवद्धरुपमा जुन १ देखि अनलकको यात्रा शुरु

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८, दाङ ।
भारतमापाँचौ चरणको लकडाउन एक महिनाका लागि थपिएको छ । भारत सरकारले पाँचौं चरणको लकडाउन जुन ३० तारिख अर्थात् असार १६ गतेसम्मका लागि थप गरेको हो ।
भारतमा पाँचौ पटकको लकडाउनको समयावधिमा सरकारले विभिन्न कुरामा छुट दिने निर्णय गरेको छ । जसमा कोरोना प्रभावित राज्य र क्षेत्र बाहेक अन्य क्षेत्रमा चरणवद्ध रुपमा धार्मिक स्थल, होटल, रेस्टुरेन्ट, किनमेल केन्द्र, शैक्षिक संस्था, तालिम केन्द्र लगायतका खोलिने छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समय ६ देखि ७ हजारका दरले बढ्दै गएको छ । हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । भाइरस काकारण ४ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्