संविधान संशोधन विधेयक संसदमा पेस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संविधान संशोधन विधेयक संसदमा पेस

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८ दाङ ।

नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ ।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् । संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन ।

नेपालको अध्यावधिक नक्सा अनुसूची–३ मा उल्लेख गरिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न सरकार लागेको हो । संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ ।

संशोधन विधेयकमा काँग्रेसको समेत समर्थन रहेपछि पारित हुने निश्चित जस्तै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्