भुज हत्याकाण्डका अभियुक्त सार्वजनिक – Kanika Khabar
Saturday, May 2Nepali News Portal

भुज हत्याकाण्डका अभियुक्त सार्वजनिक

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १८, दाङ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले मन्दिप भुजकाे हत्यामा संलग्नलाई अाज अाइतबार सार्वजनिक गरेकाे छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सन्चालक २८ वर्षीय भुजलाई उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै गत जेठ १६ गते शुक्रवार राती अटोभिलेज नजिकै रहेको चौधरी होटेलमा साथीहरुसँगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनको हत्या भएको बताएका छन् । उनका अनुसार तुलसीपुर ५ बस्ने अजय बुढाथोकी, सोही वडाका आषिश नेपाली, तुलसीपुर १८ बस्ने ओम बहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा वडा घर भई हाल तुलसीपुर ६ बस्ने शौरभ पोख्रेल मिलेर भुजको हत्या भएको हो ।

ती चार जना अभियुक्त मध्ये सुरुमा शौरभ पोख्रेलले ढुङगा प्रहार गरी गम्भीर घाईते बनाएपछि अन्य तिन जना घटना सलग्न भएको अनुसन्धानबाट खुलेको डिएसपी योगीले बताएका छन् । होटेलमा सँगै बसेर मापसे गरी होटेलमा होहल्ला गर्दा होटेलकी साहुनीले अबेर भयो घर जानुस् भनेपछि उनीहरु त्यहाबाट निस्किएको र बाटोमा विवाद हुदा तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि लगेर हत्या गरेको प्रहरीको भनाई छ । उनीहरुले मापसे गरी लागु औषध समेत सेवन गरेको पाईएको छ । लागु औषध दुर्व्यसनीकै विषयमा एक अर्काबिच भनाभान हुँदा विवाद भएको अनुसन्धानमा खुलेकाे छ ।

होटेलमा मापसे गर्दा उनीहरुसँगै गएका सुमन बस्नेत र सुनिल विक भने घटना नहुँदै घर गएका थिए ।यस्तै उनीहरुसँग मापसे गरेका अर्का टिकम बु्ढामगर पनि उनीहरुको विवाद हुदा त्यही भएको र झगडा नगर भनी उनी घर गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।उनीहरु घर गईसकेपछि मृतक भुज सहित पाँच जनाको बिचमा विवाद हुँदा उक्त घटना भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्