दाङमा थप ९ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा थप ९ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १८, दाङ ।
दुई स्वास्थ्यकर्मिसहित थप दाङका ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएकाे छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जना जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ । योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका सबै भारतबाट आएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्