दाङका एक कोरोना सङ्क्रमितमा डेंङ्गु भेटियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङका एक कोरोना सङ्क्रमितमा डेंङ्गु भेटियो

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८, दाङ ।

डेङ्गु रोग दाङका एक कोरोना सङ्क्रमितमा भेटिएको छ । बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले वताएका छन ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रहेका उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ । उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको चन्दका अनुसार वताए ।

यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्