चिकित्सक कुटपिटको विरोधमा उत्रियो पुरानो मेडकिल कलेज चितवन (भिडियो सहित) – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चिकित्सक कुटपिटको विरोधमा उत्रियो पुरानो मेडकिल कलेज चितवन (भिडियो सहित)

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २०, चितवन ।
पछिल्लो चरणमा फ्रन्टलाइनमा रहेर काम गरिररहेका चिकित्सकमाथि भौतिक तथा मानसिक दुव्र्यवहार हुन थालेका छन् । स्वास्थ्यकर्मीमाथि भएका उस्ता दुव्र्यवहारको विरोधमा पुरानो मेडकिल कलेज चितवनका चिकित्सकहरु पनि विरोधमा उत्रिएका छन् ।
देशभरि भइरहेका यस्ता विरोधमा एक्यबद्धता जनाउँदै हिजो सोमबार चितवन मेडिकल कलेजका चिकित्सकहरुले विरोध जनाएका हुन् । यस्तो महामारीको जोखिमको समयमा फ्रन्टलाइनमा रहेर काम गरिररहेका स्जाव्थ्यकर्मीमाथि भएका दुव्र्यवहारको भत्र्सना गर्दै यस्ता गलत कार्य नगर्न आग्रह समेत गरेका छन् । एक्यवद्धता पत्रमा भनिएको छ, ‘जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरुमाथि भएको भौतिक आक्रमणपश्चात सो शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरु हाम हड्तालमा उभिएको अवस्था छ । आफ्नो संस्थामा कार्यरत तिकित्सहरुको सुरक्षाको जिम्मेवारी लिएर अभिभावकत्व निर्वाह गर्नुपर्ने अस्पताल प्रशासनले नै उल्टो दोषीसँगको साँठगाँठमा सिसिटिभी फुटेजलगायतका प्रमाण्हरु नस्ट गरिएको दुःखद दृष्टान्त आएको हुँदा त्यहाँ कार्यरत चिकित्सकहरुले उठाएका मागप्रति पूर्ण समर्थन जनाउँदछौँ ।’
एक्यवद्धता पत्र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई समेत बोधार्थ राखेर जारी गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्