कोभिड १९ बाहेकका रोगमा पनि सचेत हुन सरकारको आग्रह – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोभिड १९ बाहेकका रोगमा पनि सचेत हुन सरकारको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १९, दाङ ।

समयमा कोभिड १९ बाहेक अरु रोगहरु बढ्न सक्ने भएकाले सचेत रहन पनि सरकारले आग्रह गरेको छ । आज स्वास्थ्य मन्त्रालयको नियमित जानकारीमा उपस्थित भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले यो समयमा डेङ्गु, मलेरिया, झाडापखला लगाएत रोग देखिन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।

डेङ्गु रोगले महामारीको रुप लिन सक्ने भएकाले बेलैमा सचेत रहनुपर्ने भन्दै उहाँले अहिले पनि नेपालमा २६ जिल्लामा यसको महामारी फैलिएको जानकारी दिनुभयो । एक्कासी ज्वरो आउने, जिउ दुख्ने, शरिरमा बिबिरा आउने जस्ता लक्षणहरु देखिएमा यो रोग लागेको हुन सक्ने भन्दै डा. पाण्डेले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताउनुभयो ।

घर वरिपरि पानी जम्न नदिने, झुल लगाएर मात्रै सुत्ने गरेमा यसबाट बच्न सकिने भन्दै उहाँले यसको पनि कुनै पनि औषधि नबनेको र यसबाट बच्न बेलैमा सचेत हुनु नै उत्तम हुने बताउनुभयो । हाल सम्म नेपालमा मलेरिया रोग पनि १५ जनामा देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्