लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने सरकारको तयारी, आज बैठक बस्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने सरकारको तयारी, आज बैठक बस्ने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २०, काठमाडौँ ।
सरकारले लकडाउनको मोडालिटी (ढाँचा) मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।
निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेकोले सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको हो । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचा प्रस्ताव गर्ने तयारीमा जुटेको छ ।
आज समितिको बैठक बोलाइएको छ । यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । अब उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार गरी आज नै सरकारलाई प्रस्ताव गर्ने तयारी समितिले गरेको छ । संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन गर्ने तयारी भइरहेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्