फौजी कीराले मकै स्वाहा किसान चिन्तित – Kanika Khabar
Friday, April 19Nepali News Portal

फौजी कीराले मकै स्वाहा किसान चिन्तित

    मा प्रकाशित

 

सरद सागर देबकोटा
जेठ १६, दाङ ।

फौजी किराले देउखुरीका किसानले लगाएको मकै स्वाहा पार्दा किसानहरु चिन्तित भएका छन् । दाङको लमही, नगर पालिका वडा नम्बर ७ का किसानले रोपेको मकैमा उक्त किराको प्रकोप देखिएको छ । समयमै पानी परेर मकै रोपेका किसानले यस वर्ष फसल राम्रो हुने आशा गरेका थिए । तर मकैको बोटमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित भएका छन् ।


फौजी किराले मकै बोट सखाप पारेको लमही, नगर पालिका वडा नम्बर ७ बन्गैका कृषक मानबहादुर चौधरीले बताए । अमेरिकन फौजी किराले मकै सखाप पार्दै गएको छ, उनले भने । एउटै टोलको झण्डै ८ बिगाह क्षेत्रफलमा लगाएको मकै अमेरिकन फौजी किराले नष्ट गरेको अर्का कृषक रबीलाल चौधरीले बताए ।

मकैको बोटमा लागेका फौजी कीराले तरकारी बालीमा समेत असर गरेको छ । खेतमा रोपेको मकै र तरकारी अब फालेर धान रोप्नेतयारी गर्ने अर्का कृषक कृष्णी चौधरीले बताईन । मकैमा लागेको फौजी कीरा धान बालीमा पनी लाग्ने होकी भन्ने चीन्ताले अहीले देखीनै सताई रहेको चौधरीले बताईन ।।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्