बैतडीको क्वारन्टिनमा युवतीको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

बैतडीको क्वारन्टिनमा युवतीको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
जेठ २०, दाङ ।

बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको मालिका माविको क्वारन्टिनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । निरीक्षक चन्दले ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी आफूले पाएको बताए ।

मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टले जानकारी दिएका छन । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्