थप २८८ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या २०९९ – Kanika Khabar
Friday, April 26Nepali News Portal

थप २८८ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या २०९९

    मा प्रकाशित

कनिका डेस्क
जेठ २०, दाङ ।

पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । जसमध्य १ हजार ९ सय ४९ पुरुष र १ सय ५० महिला रहेका छन ।

देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १०, धरानमा भएको परीक्षणमा १ , भेरी अस्पतालमा भएको परीक्षणमा २०, सुर्खेतमा गरिएको परीक्षणमा ६४, दैलेखमा ३७, हेटौडामा १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षण अस्पतालमा १८ र राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षण टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताएजनाको पोजेटिभ देखिएको छ ।

आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ९ हजार ६१ वटा आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा २५ हजार ४ सय ९४, कर्णाली प्रदेशमा १४ हजार ५३ रसुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ जनाको आरडिटी परीक्षण गरिएको उनले बताए ।

यस्तै अहिले देशका विभिन्न क्वारेन्टिनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेका छन् ।

प्रदेश नम्बर १ मा १ सय २०, प्रदेश नम्बर २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश नम्बर ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्