दाङमा एक वडाध्यक्षमा काेराेना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा एक वडाध्यक्षमा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका डेस्क

जेठ २०, दाङ ।

अाज मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेकाे पिसिअार जाँचमा एक वडाध्यक्षसहित ८ जनामा काेराेना पुष्टि भएकाे छ ।

जिल्लाकाे बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का अध्यक्षलाई काेराेना संक्रमण पुष्टि भएकाे हाे । बंगलाचुलीकाे वडा नम्बर ५ का ५ जनालाई संक्रमण पुष्टि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएकाे छ ।

भारतबाट आएका युवाहरूसँग क्वारअन्टिन व्यवस्थापनका क्रममा सम्पर्कमा रहेकाले वडा अध्यक्षलाई संक्रमण भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

दाङकाे बंगलाचुली गाँउपालिका वडा नम्बर ७ का १ जना, वडा नम्बर ५ काे पाँच जना, राप्ती गाँउपालिकाकाे १ का १ जना र वडा नम्बर ७ काे १ जना गरी मंगलवार ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्