पाँच दिनमा कोरोनाका सङ्क्रमित दोब्बर – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पाँच दिनमा कोरोनाका सङ्क्रमित दोब्बर

    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।
नेपालमा कोरोना संङ्क्रमितको सङ्ख्या पाँच दिनमा नै दोब्बर भएर संख्या २१ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो साँझ झापामा थप ५ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुुई हजार एक सय ४ पुगेको हो ।
संक्रमित हुनेमा सैबभन्दा धेरै रौतहटमा ७४, सुर्खेतमा २७, सर्लाहीमा २१, सल्यानमा १८, सिरहा, बाँके र दाङमा १७–१७, कपिलवस्तुमा १६, रुपन्देही, कैलाली अछाममा १०÷१० जना, दैलेखमा ९, स्याङ्जा र कञ्चनपुरमा ८÷८, धनुषामा ६, झापामा ५, बर्दियामा ३, महोत्तरी र नुवाकोटमा २÷२, सप्तरी, बारा, प्युठान, भक्तपुर, धादिङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा एक–एक जनामा कोरोनाको संक्रमण देखिएको हो ।
त्यसैगरी काठमाडौँ मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डा देवकोटाका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये २ सय ६६ जना स्वस्थ भएका छन् । मङ्गलवारसम्मको स्थितिमा नेपालको कुल सङ्क्रमण सङ्ख्या दक्षिण एशियाली मुलुकहरू भुटान, माल्दिभ्स र श्रीलङ्कामा भन्दा धेरै भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्