शुक्रबारदेखि श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुलाई स्वदेश ल्याइने – Kanika Khabar
Friday, March 29Nepali News Portal

शुक्रबारदेखि श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुलाई स्वदेश ल्याइने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २१, काठमाडौँ ।
सरकारले शुक्रवारदेखि श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुलाई स्वदेश फर्काउने तयारी गरेको छ । हिजो मङ्गलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनपछि सरकारले तत्काललाई जुन ५ तारिख अर्थात् यही शुक्रवारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको हो ।

समितिले पधानमन्त्री कार्यालय, परराष्ट्र, श्रम मन्त्रालयसँग छलफल गरेको थियो । तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने तयारी भएपनि पहिलो चरणमा २५ हजार ल्याउने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले जानकारी दिए ।

विदेशबाट आएकाहरूलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा उनीहरुलाई राखिने छ । प्रदेश प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ । त्यसपछि स्थानय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धीत जिल्लाहरुमा पठाइने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्