हुँदाखानेलाई लकडाउनकाे प्रभाव बढी – Kanika Khabar
Friday, April 19Nepali News Portal

हुँदाखानेलाई लकडाउनकाे प्रभाव बढी

    मा प्रकाशित

शिवु खनाल
दाङ, १४ जेठ ।
कोरोना भाइरस कोभिड (१९) को संक्रमणबाट जोगिन मुलुकमा जारी लकडाउनको प्रभाव विपन्न समुदायमा बढी पर्न थालेको छ ।

लकडाउनले अहिले दाङ सहित मुलुक भरका विपन्न सुकम्बासि, दलित, असाहय, अपाङ्ग, मजदुर तथा मुक्त कमलरी, कमैया समुदाय, अधिकान्स समुदायमा खाद्यान्न र आर्थिक अभाव देखिन थालेको हो । दैनिक मजदुरी गरि अफ्नो दैनिकी चलाउँदै आएका अति विपन्न विपन्न सुकम्बासि, दलित, मजदुर तथा अधिकान्स समुदायमा लकडाउन लम्बिदै जाँदा खाद्यान्न सँगै आर्थिक संकट पर्न थालेको देखिनुका साथै दैनिक रुपमा मजदुरी गरि आफ्नो परिवार पाल्दै आएका र अहिले मजदुरी गर्ने ठाउँमा काम नपाएपछि आर्थिक उपार्जन गर्न धौधौ भएकोे छ ।

अरुबेला काम नगरी दैनिक छाक टार्ने समस्या झैल्दै आएका विपन्न दलित समुदायमा अहिलेको लकडाउनले थप समस्या निम्त्याएको उनिहरुले बताएका छन् । दैनिक ५ सयदेखि १ हजार रुपैया ज्यालाबापत ल्याउने र सोही रकमले घर खर्च चलाउने महिलाहरु बढी प्रभावित भएको उनीहरुको गुनासो पोख्छन् । हुने खानेलाई भन्दा हुँदा खानेलाई लकडाउनले प्रभाव पारेको देखिएको छ ।

वडाध्यक्षद्वारा व्यक्तिगत खर्चमा राहत वितरणको घोषणा

लकडाउनका कारण प्रभावित परेका अति विपन्न घर परिवारलाई निशुल्क राहत स्वरूप खाद्यान्न वितरण गरिने भएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् प्रवक्ता बाबुराम अधिकारीले लकडाउने प्रभावित परेका अति विपन्न समुदायलाई व्यक्तिगत खर्चमा निशुल्क राहत स्वरूप खाद्यान्न वितरण गर्ने घोषणा गर्नुभएको हो । उहाँले चौधवटा गाउँका थारू, कुमाल, मगर, दलित लगायतका जनजातिहरूको बसोबास गर्दै आएका र दिनहुँ काम नगरि छाक टार्न समस्य झेल्दै आएका घरपरिवारलाई निशुल्क राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।

‘लकडाउनको कारण अति प्रभावित भएका व्यक्तिको पहिचान गरि राहत स्वरूप निशुल्क खाद्यान्न वितरण गर्ने र जोतभोग गर्ने जमिन नभएका व्यसहारा घर परिवारलाई राहत स्वरूप परिवार संख्याको आधारमा चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न वितरण गरिनेछ । टोल समुदायमा त्यस्ता घरपरिवार भएमा मेरो मोः नं. ९८६७४४८०१६ सम्पर्क गर्न आग्रह गर्दछ, उहाँले भन्नुभयो । त्यस्ता व्यक्ति सम्पर्कमा आएमा गाउँ बस्तीमा पुगि यथार्थ बुझेर त्यस्ता व्यक्तिको नामावली संकलन भएपश्चात स्वास्थ्य मापदण्ड पालना गरि राहत सामाग्री वितरण गर्ने वडाध्यक्ष अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले पहिलो चरण कोरोनाको लहरमा गतवर्ष दुई महिनाको गाउँपालिकाबाट पाउने सेवा सुविधा कटाएर खाद्यान्न वितरण गर्नुभएको थियो ।

विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण

लकडाउनको कारण अति मारमा परेका तीन घरपरिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको छ । स्थानीयको सहयोग एवम् मानव कल्याण वातावरण संरक्षण केन्द्र राजपुर र सृजनशिल टोल विकास संस्था गंगदीको सहजिकरणमा राजपुर गाउँपालिका वडा नम्बर ६ का तिनजना व्यसहारा घर परिवारलाई ७५ किलो चामल, १५ किलो आलु, ६ किलो दाल, ३ किलो नुन राहत स्वरूप वितरण गरिएको सृजनशिल टोल विकास संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीका वडासदस्य दिलमती (वलि) चौधरी, मानव कल्याण वातावरण संरक्षण केन्द्र राजपुरका सामाजिक परिचालक उत्तम अधिकारी, सृजनशिल टोल विकास संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद चौधरी र स्थानीयको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरि राहत वितरण गरिएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्