अमेरिकाको ४० सहरमा कर्फ्यू – Kanika Khabar
Friday, January 17Nepali News Portal

अमेरिकाको ४० सहरमा कर्फ्यू

    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।
अश्वेत नागरिकको मृत्युपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न अमेरिकाले ४० सहरमा कर्फ्यू लगाएको छ । अफ्रिकी मूलका एक जना अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंग विभेदको विरुद्ध अमेरिकाका लाखौं नागरिक आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा स्थिति तनावग्रस्त बनेको छ भने २ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकाको मुख्य सहरहरुमा प्रदर्शन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी र सेना परिचालन गर्ने बताउनुभएको छ । अफ्रिकाबाट अमेरिका आएका जर्जको मिनियापोलिस सहरमा त्यहाँका प्रहरीले गत मे २५ मा घुडाले गर्दन थिच्दा मृत्यु भएको जर्जका पारिवारिक स्रोतले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्