जेठ १२, दाङ ।
कोरोना महामारीका कारण स्थगित भएकाे २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।
बोर्डको हिजाे शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए ।
बाेर्डले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेकाेे छ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुनेे बाेर्डले जनाएकाे छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको बाेर्डले जानकारी दिएकाे छ ।
१२ कक्षाको परीक्षा पर्खने
कक्षा १२ को वार्षिक परीक्षाको लागि भने तत्काल केही निर्णय नभएको पौडेलले बताए ।
उनले भने, ‘कोरोना महामारीको संक्रमण दरपनि केही दिनदेखि कम भइरहेकाले १२ कक्षाको परीक्षाको लागि केही समय पर्खन्छौँ ।’