कनिका संवाददाता
जेठ २१, काठमाडौँ ।
लकडाउनको मोडालिटीका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा होलीले विज्ञहरुसँग छलफल गर्न लागेका छन् । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।
मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले स्वास्थ्य क्षेत्रका विज्ञहरुको संयोजन गरेका छन् भने योजना आयोगका पूर्व उपाध्यक्षहरु सहितका विज्ञलाई पनि बालुवाटारमा बोलाइएको छ ।
मा प्रकाशित