नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित

    मा प्रकाशित

जेठ २०, दाङ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । अब अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो । पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको छ ।

आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनाधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी समेत दिएको थियो ।

पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्