उपप्रधानमन्त्री राजेन्द्र महतो नेपाल बिखण्डनको बाटोमा : बामदेव गौतम – Kanika Khabar
Saturday, May 18Nepali News Portal

उपप्रधानमन्त्री राजेन्द्र महतो नेपाल बिखण्डनको बाटोमा : बामदेव गौतम

    मा प्रकाशित

जेठ २२, दाङ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिपूति असन्तुष्टि व्यक्त जनाएका छन् ।

संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति गौतमले असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि व्यक्त गर्दै उनले लेखेका छन्,‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरीत कार्य गर्नेछैन भनी सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

उपाध्यक्ष गौतमले राजेन्द्र गौतमको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिनेसमेत बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य लागेकोसमेत बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्