भोलिदेखि उपत्यकामा पसल खुल्ने, उपत्यका बाहिर मुख्य सहरमा पनि पसल खोलिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

भोलिदेखि उपत्यकामा पसल खुल्ने, उपत्यका बाहिर मुख्य सहरमा पनि पसल खोलिने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २१, काठमाडौँ ।
सरकारले निर्विकल्परुपमा लकडाउनको समय लम्बाइरहँदा व्यवसायीहरुले यसको उल्लङ्घन गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।
आज बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । उपत्यकाभित्रका सबैखाले मल, सपिङ सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवाललेबताएका छन् ।

सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुनः सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्