कनिका संवाददाता
जेठ २२, दाङ ।
विगत पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरी ६५ लाख ६७ हजार ५८ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ४२८ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ । ३० लाख १४ हजार ९०६ जनाको उपचार भइरहेकोमा ५४ हजार २०१ जनाको अवस्था गम्भीर छ भने ३१ लाख ६४ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा हालसम्म १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ । २० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २९ हजार ९२९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ५१ हजार ४६८ पुगेको छ । त्यसमध्ये ८ लाख ४० हजार ६१९ जना संक्रमणमुक्त भएका छन्। यस्तै एसियाली मुलुकहरुमा ३२ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।
मा प्रकाशित