लकडाउनको मोडालिटीका बारेमा आज मन्त्रीपरिषद्को बैठक बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लकडाउनको मोडालिटीका बारेमा आज मन्त्रीपरिषद्को बैठक बस्दै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २२, दाङ ।
७३ औँ दिनदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन लगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने भएको छ ।

हिजो बुधबार स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटीका बारेमा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले चार घण्टा लामो छलफल गरेका थिए । छलफलमा विज्ञहरुले प्रधानमन्त्रीलाई लकडाउनको स्वरुप परिवर्तन गर्न सुझाव दिएका थिए । सरकारले लकडाउनको स्वरुपका बारेमा स्पष्ट नीति बाहिर नल्याएका कारण आजदेखि काठमाडौँ पसलहरु खुल्न थालेका छन् । सम्भवतः आज बस्ने बैठकले लकडाउनको मोडालिटीलाई केही खुकुलो बनाउने अनुमान गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको हो । सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ । लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्