भारत र चीनकाे विवादित सीमामा चीनका सेना – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

भारत र चीनकाे विवादित सीमामा चीनका सेना

    मा प्रकाशित

कनिका डेस्क

जेठ २२, दाङ ।

दिल्लीका एक उच्च अधिकारीकाले चिनियाँ सेना भारत र चीनबिचको विवादित सीमा भूमिमा पुगेको जानकारी दिएका छन् । एक अन्तराष्ट्रिय संचार माध्यमसँग कुरा गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले उल्लेख्य संख्यामा चीनियाँ सेना दुई देशबीचको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा पुगेको बताएका हुन् ।

रक्षामन्त्री सिंहले भने–“यो सत्य हो कि चीनका मानिसहरू सीमानामा छन्। उनीहरु यो आफ्नो क्षेत्र हो भन्ने दाबी गर्छन्। हाम्रो दावी भनेको यो हाम्रो क्षेत्र हो। यसमा मतभेद भएको छ। भारतले आफूले गर्नुपर्ने कुरा गरेको छ।” उनका अनुसार दुई देशका बीचमा शीर्ष तहको वार्ता जुनको छिटै हुनेछ । सिंहले भने,“कुनै देश हाम्रो अगाडि झुकोस यो हामी चाहदैनौ र हामी कुनै पनि देशको अगाडि झुक्दैनौं ।” दुई देश बिचको भूमि सीमा मध्ये भारत र चीनको सीमा विश्वको सब भन्दा लामो मध्ये एक हो।

१९६२ मा, दुई देशहरू हिमालयन सीमानाको विषयलाई लिएर युद्धमा संलग्न भएका थिए र त्यसबेलादेखि उक्त क्षेत्रमा दुई देश बिचको तनाव कायमै रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्