केही वर्षमै एनपीएल भव्य खेलकुद उत्सव बन्यो- प्रधानमन्त्री शाह – Kanika Khabar
Monday, October 26Nepali News Portal

केही वर्षमै एनपीएल भव्य खेलकुद उत्सव बन्यो- प्रधानमन्त्री शाह

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश दिदै प्रधानमन्त्री शाहले केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको बताउँदै  यस अवसरमा सम्पूर्ण नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन् । साथै, उनले प्रतियोगितामा सहभागी हुन आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई पनि स्वागत गरेका छन् ।

उनले भनेका छन्- ‘नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट, नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो केही वर्षमै एक ठूलो खेलकुद उत्सवको रूपमा विकसित भएको छ। लिगमा जोडिनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यो सुन्दर इभेन्टको लागि सम्पूर्ण नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई हार्दिक शुभकामना । नेपाली क्रिकेट सधैं  अमर रहोस्।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्