पछिल्लो अद्यावधिक अनुसार ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो अद्यावधिक अनुसार ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि

    मा प्रकाशित

कनिका डेस्क
जेठ २२, दाङ ।
पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यससँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ । डा. देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका एक सय १३, रौटहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५ सप्तरीका १३, बागलुङका १० जना रहेका छन् । आजै संक्रमित हुनेमा बाराका सात, धनुषाका ६, झापाका र बाराका पाँच–पाँच, पर्वतका चार, डोटी, खोटाङ, सर्लाही र महोत्तरीका तीन–तीन, मोरङका दुइ, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, पर्सा, स्याङ्जा र मुगुका एक–एक जना रहेका छन् ।

आजसम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ६१ हजार दुइ ६२ रहेको छ । त्यसैगरी आइसोलनमा दुइ हजार तीन सय ३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यससंगै डिस्चार्ज हुनेको संख्या दुइ सय ९० रहेको छ । नारायणी अस्पतालबाट पाँच जना र कलैया अस्पतालबाट सात जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्रत विधिबाट एक लाख २५ हजार पाँच सय ६४ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८४ हजार एक सय ३४ परीक्षण गरिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्