सोती घटनाको आरोपितलाई १० दिन म्याद थप – Kanika Khabar
Friday, April 26Nepali News Portal

सोती घटनाको आरोपितलाई १० दिन म्याद थप

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २२, रुकुम ।

रुकुम जिल्ला अदालतले सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए । सोती घटनामा संलग्न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्ये दुई जना अझै फरार छन् । जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको मृत्यु भएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदी र नदी किनारमा भेटिएको थियो ।

तल्लो जातको केटासित आफ्नी छोरी नदिने भन्दै गाउँले युवाहरुमाथि आक्रमण गरेको र सोही क्रममा ६ जना युवाको ज्यान गएको पीडितका आफन्तले दाबी गर्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्