विद्यालय सञ्चालनमा वैकल्पिक बाटाे खाेज : विज्ञहरू – Kanika Khabar
Friday, April 26Nepali News Portal

विद्यालय सञ्चालनमा वैकल्पिक बाटाे खाेज : विज्ञहरू

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २२, दाङ ।

काेभिड १९ काे राेकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने बारेमा सरकारले आज विज्ञहरूसँग छलफल गरेकाे छ ।सरकारलाई अनलाइन कक्षा (भर्चुअल क्लास) सञ्‍चालन लगायतका विकल्प खोज्न कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई शिक्षाक्षेत्रका विज्ञ र सरोकारवालाले सुझाव दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा विज्ञहरूले लकडाउनमा अवरुद्ध भएको पठनपाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका हुन् । जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने, सञ्चालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजन मार्फत कक्षा सञ्चालनको विकल्प खोज्न विज्ञहरूले सुझाव दिएका छन् । उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुअल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका नयाँ आविस्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताए ।

विज्ञहरूबाट आएकाे सुझावलाई मन्त्री परिषद्काे बैठकमा लगिनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताए । उनले बन्दाबन्दीलाई व्यवस्थित गर्दै अनलाईन , टेलिभिजन, मोबाईलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचार प्रसार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई लाई मस्यौदाको रुपमा मन्त्रिपरिषद् बैठकमा लगिने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्