संसदीय समितिको निर्देशन : तरकारी नष्ट गर्नेलाई कारबाही गर – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संसदीय समितिको निर्देशन : तरकारी नष्ट गर्नेलाई कारबाही गर

    मा प्रकाशित

कनिका डेस्क
जेठ २२, दाङ ।

संसदीय समितिले गृहमन्त्रालयलाई किसानको उत्पादनबाट कोरोना फैलिन्छ भन्दै भ्रम छर्दै तरकरी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको छ । किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कारबाही गर्न निर्देशन दिएको हो ।

लकडाउनको समयावधिमा मुलकको विभिन्न स्थानमा स्थानिय प्रतिनिधहरुकै अगुवाईमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कुनै वैज्ञानिक आधारबिना कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो । उक्त कार्यप्रति संसदीय समितिले गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

समितले गृहमन्त्रालयलाई कानूनलाई हातमा लिइ अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यसै गरी समितिले खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न र आवश्यक खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिने कार्य अगाडि बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्