सिसहनियाँ उद्योग बाणिज्य संघकोे ध्यानाकर्षण – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सिसहनियाँ उद्योग बाणिज्य संघकोे ध्यानाकर्षण

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
जेष्ठ २२, दाङ ।

सिसहनियाँ उद्योग बाणिज्य संघले सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण भएको जनाएको छ ।
कोरना संकटको अवस्थामा नेपाल सरकारले गरेको कर शुल्क तिर्ने समयावधि तथा लगडाउनको अवस्था बारेमा संघको बिहीबार बसेको बैठकले ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा पूर्व अध्यक्ष पूर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको बैठकले यस्तो कोरोना कहरको बेला उद्योगी ब्यापारीसँग तुरुन्त राजस्व दाखिला गर्ने सूचनाप्रति आपत्ति जनाएको छ ।
संघको बैठकबाट लकडाउन खुलेपछि करिव दुई महिना पछि कर लिन सरकारलाई आग्रह समेत गरेको छ ।
संघको बैठकले लगडाउनको पालना गर्दै सरकारको नियमानुसार र जिल्ला प्रशासन कार्यालय दाङले गरेको निर्णयअनुसारको दिनमा होटल र सैलुन बाहेक अन्य ब्यवसाय विहान ६ बजेदेखी ९ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ ।
सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउने, भिडभाड नगर्ने, पसल अगाडि डोरीको छेकबार लगाउने समेत निर्णय गरिएको छ ।
चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग कलकारखाना तथा बजार ठप्प रहदै आएका छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग कलकारखाना सञ्चालक पनि यसको मारमा परेका ले दिन मिलाएर बजार खोल्ने निर्णय गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्