एक दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एक दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २३ दाङ ।
नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको एक दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरेको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट एक दशमलव २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
दिउँसो घाम लागेका आधारमा एक दशमलव २५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्