मा प्रकाशित
कनिका डेस्क
जेठ २३, दाङ ।
भारत सरकारले दोस्रो चरणको लकडाउन खुकुलो बनाउने सम्बन्धी निर्देशिका जारी गरेको छ । ८ जूनदेखि लागू हुने दोस्रो चरणको लकडाउन खुकुलो गर्ने भारत सरकारको पूर्व निर्णय अनुसार निर्देशिका जारी गरेको हो । दोस्रो चरणको लकडाउन खुकुलो बनाउँदै भारत सरकारले कोरोनाको उच्च जोखिम क्षेत्र बाहेक अन्य क्षेत्रमा धार्मिकस्थल, किनमेल केन्द्र, रेस्टुरेन्ट, होटल खोलिने जनाएको छ । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणका कारण संक्रमित हुनेको संख्या दिनदिनै ९ हजारका दरले बढ्दै गएको छ ।