राप्ती प्रादेशिक अस्पतालमा पिसिआर मेसिनकाे माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्ती प्रादेशिक अस्पतालमा पिसिआर मेसिनकाे माग

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २३, दाङ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पिसिअार टेस्टिङ मेसिनकाे माग गरेकाे छ । दाङ जिल्लामा भारत लगायत अन्य देशबाट आउनेको संख्या बढेपछि तुलसीपुरमा रहेको प्रादेशिक अस्पतालमा पिसिआर टेस्टको व्यवस्था गर्न माग गरिएको हाे । तुलसीपुर उपमहानगरपालिकामा वसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा पिसिआर टेस्टका लागि एउटा मात्रै मेसिन भएको भन्दै तत्काल थप व्यवस्था गर्नका लागि प्रदेश नम्वर ५ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना चेकजाँच गर्नेको संख्या उल्लेख्य मात्रामा बढेको हुँदा समस्या आएको भन्दै तत्काल चेकजाँचको व्यवस्था गर्नका लागि अनुरोध गरेको हो । अहिले सामान्यतया स्वाब संकलन गरेको ५ दिनपछि मात्रै रिपोर्ट आउने गरेको छ । ‘स्वाबको परीक्षण ढिलो हुँदा क्वारेन्टाइनमा लामो समयसम्म मान्छे राख्नुपर्ने भएकाले व्यवस्थापनमा कठिनाइ भएको छ ’ विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले बताए । अहिले जिल्लामा एउटा मात्रै पिसिआर मेसिन हुँदा स्वाब संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट आउने गरेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्