ह्याम्स अस्पतालमा भेटिए दुई स‌ंक्रमित – Kanika Khabar
Friday, January 17Nepali News Portal

ह्याम्स अस्पतालमा भेटिए दुई स‌ंक्रमित

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउन आएका मध्ये दुईजनामा कोरोनाको संक्रमण रहेको शुक्रबार पुष्टि भएको छ । अस्पतालमा उपचार गराउन आएका मध्ये एकजना अहिले पनि त्यहाँ उपचाररत नै छन् भने अर्का एक बिरामीलाई भने स्वाब लिएर डिस्चार्ज गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । र एक जना भने ह्याम्समा उपचार गरेर डिस्चार्ज भइसकेको पाइएको छ । गुल्मी चद्रकोटका ७७ वर्षीय पुरूषको उपचारका क्रममा स्वाब संकलन गरेको र अहिले डिस्चार्ज भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

‘हामी आफ्नो धर्म छोड्दैनौं । हामीलाई यही अस्पतालमा राखेर उपचार गर्न कुनै कठिनाई छैन । किनभने हामीले चार दिनदेखि त ती बिरामीको रेखदेख गरिरहेकै थियौं,’ डा. शर्माले भने, ‘हाम्रो आईसीयू भित्र हरेक बेडका लागि छुट्टै कोठा छ, त्यसको भेन्टिलेसन पनि छुट्टै छ । र, हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको सबै मापदण्डको पालना गरेकोले दुवै बिरामीको उपचारमा संलग्न कुनैपनि चिकित्सक क्वारेन्टाइनमा जानुपर्ने अवस्था छैन ।’

डा. शर्माका अनुसार बिरामीका आफन्तले ह्याम्समा नै उपचार गराउने निधो गरेकाले सोही अनुरुप इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई जानकारी गराइएको बताए । ‘बिरामीको आफन्तसँग सबैकुरा छलफल गरेर यही उपचार गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘त्यही कुरा ईडीसीडीलाई पनि जानकारी दिइएको हो ।’

कोभिड–१९ रोगको चाहिनेभन्दा बढी मात्रामा नकारात्मक प्रचार भएकैले अहिले बिरामी, उनीहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आममानिस सशंकित बनेका डा= शर्माn] jtfo . ;fy} सावधान रहे यो रोगबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै हामीले सावधानी अप्नायौं भने कोही पनि असुरक्षित x’g’kb}{g . हाम्रो अस्पतालमा कार्यरत कसैलाई पनि क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने gb]lvPsf] pgn] hfgsf/L u/fP .

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्